राजधानीमा साल्पासिलिछो कविता प्रतियोगितामा, विष्णुबल राईसहित तीन जनाकाे कविता उत्कृष्ट


१८ फाल्गुन २०७६, आईतवार
salpa silichho

काठमाडौँ, १८ फागुन । साल्पासिलिछो सेवा समाज भोजपुरद्वारा आयोजित कविता प्रतियोगितामा  विष्णुबल राईसहित सुभाष अधिकारी र बिष्णुकला राईको कविता उत्कृष्ट भएको छ ।

समाजले शनिवार राजधानीमा गरेको कविता प्रतियोगितामा तीन कवितालाई प्रथम घोषित गरिएको हो ।
यसै गरी रेश्मा खत्री, विनोद खत्री, सरु रोकाहा र सन्देश कार्कीको कविताले द्वितीय, सुदीप अधिकारी, लाक्पा शेर्पा, विनोद अधिकारी, सबिता राई र अजन्ता बस्नेतको कवितालाई सयुक्तरुपमा तृतीय घोषित गरिएको थियो ।

समाजले भोजपुर साल्पालिछो गाउँपालिका स्थायी बसोबास गर्दे आएको साहित्यिक प्रतिभाहरूलाई एक ठाउँमा भेला पारेर सृजनशीलतालाई प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।

कान्तिपुर सिटी कलेज काठमाडौँको सभा–हलमा सम्पन्न कार्यक्रममा युवा कविदेखि पुराना प्रबुद्ध कवि कवयित्रीहरूले आ–आफ्ना कविता वाचन समेत गरेका थिए ।

कवितामा देशको सिमाना मिचिएदेखि आफ्नो बाल्यकाल, माघे मेला, प्रसिद्ध गोथे बजारमा मादल बजाएर नाचेको, गाउँपालिकाका साल्पा, सिलिचुङ इर्खुवा खोलासँग जोडिएका भाव समेटिएका थिए ।
कार्यक्रममा साल्पासिलिछो गाउँपालिका क्षेत्रका थुप्रै पुराना कविहरूले कविता वाचन गरेको गरेका थिए । भने १२ जना कवि कवयित्रीहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको मुख्य संयोजन प्रसिद्ध राष्ट्रिय कवि पवन आलोकले गरेका थिए भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष केशव अधिकारीले गरेका थिए । शशि रोकाहाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि भोजपुरे प्रसिद्ध कवि शैलेन्द्र साकारले कार्यक्रम सफल आयोजना गरेकोमा सबैलाई बधाई दिएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७