बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना


१८ फाल्गुन २०७६, आईतवार
FACEBOOK POST CASH BACK

काठमाडौं, १८ फागुन । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड ग्राहकलाई बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
कार्ड बाहक ग्राहकलाई नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र (पियोसो) तथा इ-कमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनु हुनेछ । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पियोसो कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इ-कमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी दिए।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७