बजारमा अनुगमनमा सरकार, उपभोग्य बस्तुको मुल्यबृद्धि गर्नेहरुलाई कारबाही गर्ने


२३ फाल्गुन २०७६, शुक्रबार
Gass kalobazari 10 scaled

काठमाडौं, २३ फागुन । सरकारले बजारमा उपभोग्य बस्तुको मुल्यृबद्धि गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिएपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि गर्नेबिरुद्ध सरकारले तत्काल कारबाही गर्ने भएको हो ।


गृह मन्त्रालयले अनुगमनलाई तीब्र बनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

यस्तै सरकारले कोरोना विरुद्धको माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय मन्त्रालयले गरेको छ । मास्कको कृत्रिम अभाव गर्ने ब्यापारीहरुलाई सरकारले कारबाही गरिसकेको छ । उपभोग्य बस्तुको कृत्रिम अभाव गर्नेहरुबिरुद्ध पनि सरकार कडा ढंगले उत्रिने भएको हो ।

बैठकले सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउने निर्देशन पनि गृहमन्त्री थापाले सुरक्षा निकायलाई दिएका छन् ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।

यो पनि पढ्नुहोस्
कोरोना त्रासको मौका छोपेर काठमाडौंमा ग्याँसमा कृत्रिम अभाव सिर्जना (फोटो फिचर)
सरकारले थाल्यो अनुगमन : मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाख जरिवाना
कोरोनाविरुद्ध लड्न विज्ञको सुझाव : आत्तिनु पर्दैन, के गर्ने, के-के खाने ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७