पाँच करोड जर्मन नागरिक कोरोना भाइरसबाट सङ्क्रमित हुनसक्छन् : चान्सलर मर्केल


२९ फाल्गुन २०७६, बिहीबार
angela merkel scaled

काठमाडौं, २८ फागुन :  जर्मन चान्सलर एंगेला मर्केलले अहिलेकै अवस्थामा जर्मनीको साठीदेखि सत्तरी प्रतिशत जनसङ्ख्या नयाँ कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुन सक्ने चेतावनी दिएकी छन्। जर्मनको जनसंख्या अनुसार सत्तरी प्रतिशत अर्थात् पाँच करोडभन्दा बढी मानिस कोरोनाभाइरसबाट प्रभावित हुन सक्ने उनको भनाई छ ।

कोरोनाभाइरस सङ्क्रमण सुरु भएपछिको पहिलो सार्वजनिक अभिव्यक्ति दिँदै मर्केलले कुनै खोप उपचार वा प्रतिरोधात्मक क्षमताको हिसाब नगरी भन्दा त्यस्तो आकलन गरिएको बताइन्। उनले कोरोनाभाइरसको सङ्क्रमणको दरलाई कम गर्दै स्वास्थ्य सेवामा पर्ने चाप घटाउनेतर्फ प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ

यो पनि पढ्नुहोस्

विश्व स्वास्थ्य संगठनको घोषणा : कोरोना भाइरस विश्वव्यापी महामारी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७