कोरोना त्रास : युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

कोरोनाबाट अमेरिकामा ३८ को मृत्यु, एक हजार १३५ मा संक्रमण


२९ फाल्गुन २०७६, बिहीबार
america 2

काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।

यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहीबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण एक हजार १३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

trump yP84gj0pKe

‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।
 

उनले थपे, ‘हाम्रो दुष्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुष्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् । ‘म अमेरिकी जनताको तलबमा कर छुट तत्काल लागू गर्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु,’ उनले भने । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७