पूर्व डिआइजी खरेलको नेतृत्वमा सुशासन अभियान


३० फाल्गुन २०७६, शुक्रबार
ramesh

काठमाडौं, ३० फागुन । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ को सुरुवात भएको छ ।

बिहीबार एक कार्यक्रम आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । अभियानमा देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठलगायत नेतृत्व तहमा छन् ।

देशमा भइरहेका भ्रष्टाचार तथा बेथितिविरुद्ध अभियान सुरु गरिएको बताइएको छ । नागरिकहरूले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोगविरुद्ध जिल्ला–जिल्लामा सचेतना अभियान चलाइने जानकारी गराइएको छ ।

खरेलले सार्वजनिक पदमा रहेका धेरै व्यक्ति भ्रष्टाचारको कुलतमा रहेको भन्दै सुध्रन चेतावनी दिए । ‘देशमा परिवर्तन भए, संविधान आयो, तर त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने व्यक्तित्व हामीले पाएनौँ,’ उनले भने, ‘पछिल्लो समय ललितानिवास, वाइडबडी, ३३ किलो सुन, फोरजी, सेक्युरिटी प्रिन्टिङ, एनसेल काण्डलगायत विभिन्न काण्ड सुन्यौं ।

नेपाली जनताको सेवा गर्छु, न्याय दिन्छु सुशासन दिन्छु भनेका पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर, मिलिट्रीका लिडर धेरैजसोले हामीलाई धोका दिए, अब उनीहरूले शपथ खाँदाको कसमअनुसार सेवा दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७