कोरोना रोकथाम पूर्व तयारीबारे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सिंहदरबारमा छलफल


२ चैत्र २०७६, आईतवार
PM and CM


काठमाडौं, २ चैत : कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरिरहेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेको हो ।

छलफलमा सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयरहरु सहभागी छन् । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ । आइतबार मध्याह्नसम्म विश्‍वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७