कोरोनाबाट विश्वभरमा आठ हजार ९७० को मृत्यु, १७६ देशमा पुग्यो कोरोना

एल साल्भाडोर र निकारागुआमा पनि पहिलोपल्ट भेटिए कोरोना संक्रमित


६ चैत्र २०७६, बिहीबार
korona virous

जेनेभा, ६ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर आठ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

एल साल्भाडोरमा कोरोना सङ्क्रमणको पहिलो घटना
एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् ।

korona virous 1

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् ।

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुशरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छ ।

निकारागुआमा पनि कोरोना भाइरसको पहिलो सङ्क्रमण
मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् ।

निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका छन् ।

korona n korea

कोरोना भाइरसबाट सङ्क्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताएका छन् । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी ८ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यसैगरी विश्वभरी बिहीबारसम्म २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७