टेकु अस्पतालमा बिरामीको चाप, मागियो ४४ स्वास्थ्यकर्मी


९ चैत्र २०७६, आईतवार
teku aspital

काठमाडौं, ९ चैत । शंकाकै भरमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा स्वास्थ्य परीक्षणका लागि बिरामी आउन थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जनशक्ति अभाव भएको छ ।

मौज्जाद स्वास्थ्यकर्मीले अहिले बढिरहेको बिरामीको चापलाई धान्न नसक्ने देखिएपछि अस्पतालले करारमा जनशक्ति थप गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस आशंकामा टेकु अस्पतालमा अहिले दैनिक सयांँ बिरामी चेकजाँचका लागि जाने गरेका छन् । अस्पतालले आज (आइतबार)का पत्रपत्रिकामा सूचना निकालेर बढीमा तीन महिनाका लागि करार सेवामा जनशक्ति लिन लागिएको जानकारी दिएको छ ।

सूचनामा पाँचांँ तहका स्टाफ नर्स २६ जना, सातौं तहका नर्सिङ अधिकृत चार जना, आठौं तहका मेडिकल अधिकृत आठ जना र नवौं तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट ६ जना माग गरिएको छ ।

यस अघि सरकारले कारोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ७० प्रतिशत भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमतासहितका उपकरण छन् । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना बाहिरबाट आउने गरेको अस्पतालले जानकारी दिएको छ ।

mag

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७