बहराइनका तीन नेपालीमा कोरोना, इरानबाट आएका कामदारबाट सरेको जानकारी


१० चैत्र २०७६, सोमबार
CWJIPvoC1630X0IjrH2W

काठमाडौं, १० चैत । बैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

शनिबार दुई जना र आइतबार एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ४० देखि ४६ बर्ष उमेरका छन् । यसअघि युएईमा रहेका दुई नेपालीमा संक्रमण देखिएको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित तीनै जना नेपालीको उपचार भइरहेको बताए ।

‘बहराइन सरकारले प्रकाशन गर्ने हेल्थ बुलेटिनअनुसार तीन जनामा संक्रमण पुष्टि भएको छ’, उनले भने, ‘अहिले उनीहरुको केस नम्बर मात्रै हामीसँग छ । पूरा विवरण मागिएको छ ।’

सुन्दासका अनुसार तीन जना अलग अलग कम्पनीका कामदार हुन । इरानबाट आएका ६१ बर्षीय भारतीय कामदारबाट नेपालीमा संक्रमण सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७