वीरगञ्ज नाकाबाट निर्वाध ग्याँस र पेट्रोल भित्रिंदै

दुई दिनमै भित्रियो ८४ बुलेट ग्याँस, पेट्रोल साढे २८ लाख र डिजेल साढे २७ लाख किलो लिटर


प्रकाशित मिति : 26 March, 2020 8:29 pm

वीरगञ्ज, १३ चैत । कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’ को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्याँस र पेट्रोलियम पदार्थ भित्रिएका छन् ।

भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ ।

सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने आजपनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए ।

यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबारा अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् ।

लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी बोकेको तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्