राष्ट्रसंघका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित


१५ चैत्र २०७६, शनिबार
un united nations e1494375595426

काठमाडौं, १५ चैत । संयुक्त राष्ट्रसंघका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् ।

बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उने जानकारी दिएका छन् । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् । एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७