कोरोना कहर : श्रीलङ्कामा कर्फ्यु उल्लंघन गर्ने हजारौं पक्राउ


१५ चैत्र २०७६, शनिबार
Sri Lanka imposes curfew COVID 19

काठमाडौं, १५ चैत । श्रीलङ्कामा कर्फ्यु उल्लंघन गरेका हजारौंलाई प्रहरीले पक्राउ गरेको छ । कर्फ्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन ।

श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यु लगाइएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिंडडुल गर्न निषेध गरेको छ ।

सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।

प्रहरी नियन्त्रणमा परेका मुिस्लम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कर्फ्यु लगाइएको हो ।
अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित
विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको संख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ ।

थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन् ।

अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिएका छन् ।

अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म एक हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । परीक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताएका छन् ।

अफगानिसतानमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने, अन्य तीन उपचारपछि घर फर्किएका छन् ।

कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कर्फ्युको आदेश जारी गरेको छ । उक्त कर्फ्यु आदेश शनिबारदेखि लागू हुने भएको छ । यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कर्फ्युको आदेश गरिसकेको छ । रासस–एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७