विश्व कोरोनासँगै लड्दै, उत्तर कोरिया व्यालेस्टिक क्षेप्यास्त्र परिक्षणमा, एकै महिनामा चार परिक्षण


१६ चैत्र २०७६, आईतवार
North Korea ballistic missile

काठमाडौं, १६ चैत (एजेन्सी) । सिङ्गो विश्व प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरिया भने मिसाइल परीक्षण गरिरहेको छ । उत्तर कोरियाले छोटो दूरीका व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

उत्तरले वन्सन क्षेत्रबाट २ सय ३० किलोमिटर टाढा पूर्वी तटीय क्षेत्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

पछिल्लो एक महिनामा चौथो पटक उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहदा उत्तरले क्षेप्यास्त्र प्रहार गर्नु अनुचित रहेको भन्दै दक्षिण कोरियाले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको छ ।

उत्तर कोरियाले गत हप्ता मात्रै मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।  उत्तर कोरियाले यसै महिनाको शुरूवातमा पनि केही मिसाइल परीक्षण गरेको थियो । दक्षिण कोरियास्थित संयुक्त चीफ स्टाफको भनेका छन् ‘जब उत्तरले थप परीक्षण गर्छ हामी यसको निगरानी गरिरहेका छौं ।’

विश्व नै कोभिड–१९ को महामारीसँग लडिरहेका बेला उत्तर कोरियाको यो कार्य अत्यन्तै अनुचित रहेको उनीहरुले भनेका छन् । योनापका अनुसार उत्तरले शनिबार प्रक्षेपण गरेको मिसाइल ५० किलो मिटरको उचाईबाट ४१० किलोमिटरको दूरीसम्म मार हान्न सक्ने क्षमताका रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ । चीन र अमेरिकाले उत्तर कोरियालाई परमाणु कार्यक्रमलाई रोकेर वार्तामा फर्कन आह्वान गर्दै आएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु कार्यक्रम रोक्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै भेटर समेत वार्ता गरेका थिए । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले परमाणु परीक्षणलाई जारी राख्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७