कोरोना रोकथामका लागि मेगा बैंकको सहयोग, प्रदेश १ र २ लाई ५\५ लाखको सहयोग


२२ चैत्र २०७६, शनिबार
Mega Bank Photo Province 1 003 M7Lm0D5cv0

काठमाडौं, २२ चैत । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५र५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।

यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७