अब मध्यावधि चुनाव गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री महत


२२ चैत्र २०७६, शनिबार
Prakash Sharan Mahat
k//fi6«dGqL :jb]z lkmtf{ k//fi6«dGqL 8f k|sfzz/0f dxt tLg lbg] ef/t e|d0f ;s]/ dªunaf/ sf7df8f}F kmls{Pkl5 lqe’jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu s’/f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २२ चैत :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले मध्यावधि चुनावको माग गरेका छन् । वर्तमान सरकार असफल भएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव गर्नुपर्ने बताएका हुन् ।

शनिबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. महतले भनेका छन्, ‘सरकार गठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा असफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्छ ।’

डा.महतले प्रधानमन्त्री ओलीले राजिनामा दिएर नेकपाकै अर्को नेता प्रधानमन्त्री भएपनि अब देश नचल्ने दाबी गर्दै मध्यावधि चुनाव नै अबको समधान हुने उनको जिकिर छ ।

कोरोनाभाइरस (कोभिड–१९)को कारण विश्व र मानव समाज नै संकटमा रहेको बेला कांग्रेको नेताले मध्यावधि चुनावको माग गरेको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । यसअघि कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्बदलीय सरकारको माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७