आफ्नै देश फर्किन्दै विदेशी, पछिल्लो एक साता दिनहुँ जसो चार्टर्ड उडान


२३ चैत्र २०७६, आईतवार
american nagarik uddhar.00 00 55 15.Still001

काठमाडौं, २३ चैत । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीसँगै सरकारले लकडाउन गरेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमित उडान बन्द गरेको छ । यसबेला नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए ।

लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेकाे हुन्  ।]

 कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी विमान चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । शनिबार युरोपेली युनियनअन्तर्गत विभिन्न मुलुकका ६ सय ८ जना यात्रुसहित दुई जहाज युरोपका लागि उडेका छन् । त्यसमध्ये जर्मनीले एउटा जहाज चार्टर्ड गरेको हो भने फ्रान्सले अर्को जहाज चार्टर्ड गरेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार, कतार एयरवेजका दुईवटा जहाज ३ सय ३ र ३ सय ५ गरी कूल ६ सय ८ जना यात्रु लिएर युरोप उडेका छन् । यी दुई जहाजमध्ये एउटा फ्रान्स जानेछ भने अर्को जर्मनी जानेछ ।

शनिबार नै मलेसिया र सिंगापुरका गरी कुल ६६ यात्रु बोकेर मालिन्दो एयरको जहाज क्वालालाम्पुर उडे । चेक रिपब्लिका नागरिकलाई पनि चेक एयरको जहाजले नेपालबाट लिएर गएको छ ।

अमेरिकन नागरिक उद्दार

अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक र ग्रीनकार्ड होल्डरलाई स्वदेश फर्काउने क्रम जारी राखेको छ । आइतबार ३०३ अमेरिकीलाई लिएर कतार एयरवेजको चार्टर्ड विमान अमेरिकाको वासिङ्गटन डिसीनजिकै रहेको डलस विमानस्थलका लागि उडेको छ ।

यसअघि अमेरिकाले एकपटक आफ्ना नागरिकहरुलाई लगिसकेको थियो । नेपालका विभिन्न ठाउँमा लकडाउनका कारण फसेकाहरुलाई उद्धार गरी लगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७