मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु


२५ चैत्र २०७६, मंगलवार
mali scaled

बामाको, २५ चैत । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तर–पूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका भारी हातहतियारबाट सुसज्जित अज्ञात आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए ।

स्थानीय संचार माध्यमले स्थानीयबासीमाथि भने उक्त समूहले आक्रमण नगरेको बताएका छन् । कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ । मुलुकमा हालसम्म ४५ जनामा कोरोना संक्रमण भएको पाइएको छ । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७