थलिएको फुटबललाई फेरि उठाउन फिफाको यस्तो नयाँ योजना


२६ चैत्र २०७६, बुधबार
messi DdqmPkDonK

काठमाडौं, २६ चैत । कोराना भाइरसको संकटबाट थलिएको फुटबललाई माथि उकास्न विश्व फुटबल महासंघ फिफाले नयाँ योजना बनाएको छ ।

जसअनुसार खेलाडीको सम्झौताको मिति अर्थात ‘ट्रान्सफर विन्डो’लम्ब्याउने र अर्को सिजनको फुटबल तालिका सुरु गर्ने समय पनि तय गरिएको छ । फिफाले हाल कोरोना भाइरसका कारण बन्द रहेको फुटबललाई नियमित तरीकाले अगाडी बढाउन खेलाडीसँगको अनुबन्धको मिती लम्ब्याउने भएको छ ।

प्रायः सबै शीर्ष लिगमा जुनको अन्तिममा खेलाडीसँगको सम्झौता सकिने भएकाले त्यो मिति लम्ब्याउने भएको छ । अर्को सिजनका लागि नयाँ सम्झौताको मिति पनि पछाडी सारिनेछ । यसका साथै यदि खेलाडी एउटा क्लवबाट अर्को क्लवमा गएमा पुरानो क्लवसँगको सम्झौता सकिनु अगाडि नै नयाँ क्लवबाट खेल्न सक्ने भएका छन् ।

आर्थिक अभावका कारण क्लवले खेलाडीको तलब नियमित दिन नसक्ने अवस्थामा पनि दुवै पक्षलाई मिलेर अगाडी जान भनिएको छ ।

दुवै पक्ष निचोडमा पुग्न नसकेको अवस्थामा फिफाको ‘डिस्प्युट रिजलुसन चेम्बर’ले क्लवको आर्थिक स्थितिका बारेमा अध्ययन गर्नेछ । गैरखेलाडी कर्मचारीलाई आर्थिक हिसाबले कठिन भएमा विकल्पका रुपमा बिमा योजना अगाडि सारिँदैछ ।

कोरोनाको संकटको बेला कुनै पनि खेलाडीको सम्झौता सकिएको भएमा उसले नयाँ सम्झौता कुनैपनि क्लवसँग गर्न सक्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७