लकडाउन १७औं दिनः उल्ङ्घन गर्नेको सङख्या बढ्दाे, मुख्य शहर सुनसान {भिडियाे}


२८ चैत्र २०७६, शुक्रबार
trafic police

काठमाडौं, २७ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको बिहीबार १७ औं दिन भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा लकडाउनमा थप कडाइ गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीको जोखिम बढीरहेका बेला सरकाले घोषणा गरेको लकडाउनको अवधि बढेसँगै ट्राफिक प्रहरीले थप कडाइ गरेको हो । अत्यावश्यक कामबाहेक एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

लकडाउनमा सञ्चालन भएका सवारीको गति बढी हुँदा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ । चेक गर्न समस्या भएपछि प्रहरीले अहिले बाटोमा थप चेक प्वाइन्ट बढाइएको छ ।

उपत्यकाभित्र ८ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन्। उनीहरुले सडकमा गुड्ने सवारी अत्यावश्यक ढुवानीका लागि र सम्बन्धित प्रशासनबाट अनुमति लिएर चलाएको नचलाएको अनुगमन गर्ने गरेका छन् । तर, यस्ता सवारीको गति बढी भएकाले प्रहरीको हातको इसारामा नरोकिँदा चेक प्वाइन्ट थप गर्नु परेको ट्राफिक महाशाखाले जनाएको छ ।

नक्कली पास बनाएर सवारी चलाउने, एउटा प्रयोजनमा लिएको पासको दुरुपयोग गर्ने, अनावश्यक रुपममा सबारीको प्रयोग गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले चेकिङ कडा बनाएको हो ।

मुख्य शहर सुनसान
बिहीबार पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् ।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या बढदै गएको देखिएको छ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७