सागका स्वर्ण पदक विजेता खेलाडीको लकडाउन डायरी


३ बैशाख २०७७, बुधबार
gold medalist scaled

काठमाडौँ, ३ वैशाख । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन आदेश जारी गरेको छ । सरकारले कोरोना भाइरस संक्रमण नेपाल पनि दोस्रो चरणमा प्रवेश गरेको बताउँदै लकडाउनलाई थप कडा बनाउँदै लगेको छ । भने चौथो पल्ट मङ्गलवार वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।


अहिले नेपालमा १६ जनामा कोरोना संक्रमण देखिसकेको छ । कोरोना भाइरसको संक्रमणसँगै नेपाली जनजीवन परिवर्तन भएको । हरेकको क्षेत्रको गतिविधि ठप्प छ । सहर क्षेत्रमा मानिसहरू सेल्फ आइसोलेसनमा छन् । यस अवस्थामा नेपाली खेलकुदका खेलाडीको दैनिक कस्तो छ ? १३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक खेलाडीहरू कहाँ के गर्दै छन् त ?


मण्डेकाजी श्रेष्ठ, नेपाल पुलिस क्लब

manday shrestha
मण्डेकाजी श्रेष्ठ

साग खेलकुदमा दुई वटा स्वर्ण पदक विजेता कराँतेका खेलाडी मण्डेकाजी श्रेष्ठको घरैमा दिन बितिरहेको छ । उनी घरै सेल्फ प्रशिक्षण गरिरहेको बताउँछन् । उनले ‘कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै सरकारले गरेको लकडाउन पूर्ण पालना गरिरहेको छु, घरैमा सेल्फ ट्रेनिङ गर्दे र परिवारलाई समय दिएर दिनहरू विताइरहेको छु, यस अवस्था सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्नु पनि म सबैमा अनुरोध गर्छु ।’

संगीता मगर, त्रिभुवन आर्मी क्लब

कराँतेकी संगिता मगर अहिले हेटौँडाको सुपारेटार ब्यारेक (मध्य पृतना हेडक्वार्टर) मा ड्युटीमा खटिएकी छिन् । ट्रेनिङ, साथीभाइ र विशेष गरी आफ्नो सागका टिमलाई धेरै मिस गरिरहेको सुनाइन् । उनले भनिन्, ‘सबै साथीहरूसँग फेसबुकमा कुरा त हुन्छ, सङ्गीत नेपाली सेनाकी खेलाडी हुन् । तर, अहिले उनीमाथि खेलसँगै अन्य जिम्मेवारी थपिएको छ । उनले खेल अभ्यास गर्न भने नपाएको सुनाइन् ।

जुनी राई, नेपाल पुलिस क्लब

उसुकी जुनी राई आजकल घरैमा सेल्फ प्रशिक्षण छिन् । उनी लकडाउनको समयमा बिहान, बेलुका सेल्फ ट्रेनिङ र दिउँसोको समयमा पुस्तक पढेर समयको सदुपयोग गरिहेको बताउँछिन् । उनले ‘कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै सरकारले गरेको लकडाउन पूर्ण पालना गरिरहेको छु, यस अवस्था सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्नु पनि म सबैमा अनुरोध गर्छु ।’

पुनम श्रेष्ठ, त्रिभुवन आर्मी क्लब

punam shrestha
पुनम श्रेष्ठ

जुडोकी पुनम श्रेष्ठे छतमा बसेर दुई घण्टा सेल्फ ट्रेनिङ गरिरहेकी छिन् । बाँकी समय पुस्तकहरू पढ्दै र आमासँग समय बिताइरहेकी बताउँछिन् । उनले भनिन्,‘अहिले घरमै बसिरहेको छु । अहिले म तयारी अवस्थामा बसिरहेको छु ड्युटी गर्न निर्देशन आउने बित्तिकै ड्युटी जाने बताइन् ।’


निमा घर्तीमगर, त्रिभुवन आर्मी क्लब

nima gharti magar 1
निमा घर्तीमगर

उसुकी निमा घर्तीमगर लकडाउनको समयमा आफूलाई फिट राख्न बिहान, बेलुका सेल्फ ट्रेनिङ गर्छिन् । दिउँसो आमा, बाबा बसेर समयको सदुपयोग गरिरहेको बताइन् । फुर्सदको बेला मोबाइल चलाउने समाचार हेर्ने गर्छिन् । उनी कहिलेकाहीँ आमा बाबालाई घरकै काममा सहयोग गर्ने गरिरहेकी छिन् ।

नवीन रसाइली, नेपाल पुलिस क्लब

nabin rasaili
नवीन रसाइली

कराँतेका खेलाडी नवीन रसाइलीको पनि दैनिकी परिवर्तन भएको छ । जापान ओलम्पिकको समेत तयारी गरिरहेका उनी उनी घरैमा सेल्फ प्रशिक्षणमा सीमित भएका छन् । उनी घरैमा सेल्फ ट्रेनिङ गर्दे र परिवारलाई समय दिएर दिनहरू बिताइरहेको बताउँछन् । नेपाल ओलम्पिक कमिटीले उनले दैनिकरुपमा ४ बजेबाट ५ बजेसम्म भिडीयोमा प्रशिक्षण लिइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७