बिभेदबिरुद्ध देशभर सडकमा उत्रिए नर्स, आकस्मिक सेवा पनि बन्द


३ माघ २०७४, बुधबार
nurse

काठमाण्डौ : सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) भएको भन्दै देशभरका नर्सहरु आन्दोलन गर्दै सडकमा उत्रिएका छन् ।nurse

अस्पताल एवम् नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । बीएनएस तेस्रो वर्षकी छात्रा विमला धमलाले भनिन्–‘निजी अस्पतालमा जसलाई जति मन लाग्यो त्यति दिने प्रचलन छ । कतिपय नर्सलाई तीन हजार मात्रै दिने गरेको सुनेकी छु ।’ निजी तहमा खोलिएका होम केयर, अस्पताल एवं नर्सिङ होमहरूमा नर्सको चरम आर्थिक शोषण हुने गरेको छ । नेपालमा झन्डै ७४ हजार नर्सहरू छन् ।

नर्सहरूलाई आकर्षक तलब भत्ता दिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पछिल्लो चार महिनामा २९ जना नर्सहरूले राजीनामा दिएका छन । ०७४ भदौदेखि हालसम्म मंसिरसम्म २६ जना नर्सहरूले राजीनामा दिएका हुन। अस्पतालले करारमा पदपूर्ति गर्न नपाउँदै अन्य तीन नर्सले राजीनामा दिएका छन् । राजीनामा दिएकी एक नर्स भन्छिन्, ‘सरकारी होस् वा निजी कतै पनि वृत्ति विकास र उत्प्रेरणाको व्यवस्था छैन । लाखौं तिरेर पढियो अब विदेश नै उपयुक्त विकल्प भयो ।’

शिक्षण अस्पतालका प्रशासन प्रमुख गोविन्दप्रसाद प्रधान भन्छन्–‘नियुक्त गरेको केही महिनापछि नर्सहरूको राजीनामा आउने गर्छ । उनीहरूले अस्पताललाई विदेश जाने प्लेटफर्मका रूपमा प्रयोग गर्ने गरेका छन् ।’ विश्व स्वास्थ्य संगठनको मापदण्ड नेपालमा लागू हुँदैन । गम्भीर अवस्थाका बिरामी एक नर्सले एक जना बिरामीको हेरचाह गर्न सक्ने संगठनले जनाएको छ । सामान्य अवस्थाका नौ बिरामी बराबर एक नर्स हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, तुलनात्मक रूपमा आकर्षक तलब दिने शिक्षण अस्पतालमा पनि रातको समयमा दुई जना नर्सले ३४ जना बिरामीलाई हेर्नु अवस्था छ ।
शिक्षण अस्पतालमा तीन सय १७ जना स्थायी नर्स छन् । दुई सय ८३ जना करारमा कार्यरत छन् । शिक्षण अस्पतालले एक वर्ष अघिदेखि राति

काम गर्ने नर्सलाई दैनिक एक सय ५० रुपैयाँ रात्रिकालिन भत्ता दिन थालेको छ । तर निजीमा एक सय रुपैयाँ मात्र तलबभत्ता दिइने गरिन्छ । कान्ति बाल अस्पतालमा कार्यरत नर्सहरू पनि पर्याप्त सेवा सुविधा नभएको भन्दै राजीनामा दिएर विदेश पलायन हुन थालेका छन् । उक्त अस्पतालका निर्देशक गणेश राई भन्छन्–‘नर्सहरूले राजीनामा दिएपछि वैकल्पिक योग्यता क्रमको सूचीमा रहेकालाई बोलाएर पदपूर्ति गर्ने गरेका छौं ।’

३ घण्टा काम बन्द

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्स निष्कासन गरिएपछि आन्दोलनमा उत्रिएका नर्सहरूले अस्पतालहरूमा मंगलबार बिहानी सिफ्टमा काम बन्द गरेका छन् । नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरू ७ दिनदेखि आन्दोलनरत छन् । सरकारी र निजी अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरू सामाजिक एवं पेसागत सुरक्षालाई प्रमुख माग बनाउँदै देशव्यापी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले मंगलबार अस्पतालमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ड्युटी छाडेर नर्स निष्कासनको विरोध गरेका छन् । केन्द्रबाट निकालिएका नर्सको पुनर्बहाली नगरे बिहीबारदेखि काम नगर्ने चेतावनी नर्सहरूले दिएका छन् । उनीहरूले दोस्रो चरणमा आकस्मिक सेवा पनि बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७