फोन गर्न मोबाइलमा पैसा छैन ? अब टेलिकमले दिंदैछ निःशुल्क सेवा


९ बैशाख २०७७, मंगलवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ९ बैसाख । के मोवाइलमा पैसा नभएर आवश्यक ठाउँमा पनि फोन गर्न पाइरहनु भएको छैन ? यदि त्यसो हो भने अब चिन्ता नलिए हुने भएको छ ।

मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र इन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक–पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउने भएको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा शुरु हुनेछ ।
यस्ता ग्राहकको विवरण संकलनको काम भइरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् । यो सेवा बुधबारदेखि लागू हुने पनि उनले बताए ।

लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सेवा शुरु गर्न लागेको उनले बताएका छन् । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७