आहा ! काठमाडौंका सडक {फोटो फिचर}


१० बैशाख २०७७, बुधबार
kathamandu 2 scaled

काठमाडौं, १० वैशाख :  कुनै समय काठमाडौंको सडक भन्ने बित्तिकै नाक खुम्चाउनुपर्ने बाध्यता थियो । तर, अहिले काठमाडौंको सडक पुरै फेरिएको छ । विकसित मुलकको सडकभन्दा कुनै कमी छैन । अहिले काठमाडौंको सडक अघि उभिएर तस्बिर खिचाउने रहर जो कसैलाई जाग्छ । वर्खामा हिलाम्मे र हिउँदमा धुलम्मे काठमाडौंको सडकको हेर्दा जो कसैले ‘आहा !’ भन्छन् । र तस्बिर खिच्न मोह जागेर आउछ । लकडाउनको बीच पनि सडक कालोपत्र, मर्मत, जेब्रा क्रसिङ, सेन्ट्रल लाइन, पेन्टिङ (मार्किङ) को काम भइरहेको छ ।

मंगलबार हामीले काठमाडौंको सुकेधारादेखि, नक्साल, पुतलीसडक, नयाँ वानेश्वर, त्रिपुरेश्वर, माइतीघर, सुन्धरा, तीनकुने एक फन्को लगाउँदा सडक पुरै चिटिक्क थियो । मंगलबार माइतघरमा सडक पिच गर्ने काम चलिरहेको थियो । धुम्बारही पिपलबोट क्षेत्रमा मेटिएका सडक रेखा टल्काउने काम चलिरहेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ्गले लकडाउनको अवस्थाको बीचलाई पनि सडकको सुधार, मर्मत र निर्माणलाई जारी राखेका छन् । मन्त्री नेम्बाङ्गका प्रेस सल्लाहकार सन्दिप राईका अनुसार मन्त्री नेम्बाङ्ग दैनिकजसो कामलाई प्रभावकारी बनाउन अनुगमन र निर्देशनको काममा सक्रिय छन् । हेर्नुहोस् काठमाडौंको सडक :-

Kathmandu Roads 2 scaled

Kathmandu Roads 1 scaled

kathamandu scaled

kathamandu road scaled

Basanta Nembang and Nepal scaled

egdfg scaled

Change of Road scaled Durbarmarga Kathmandu scaled  

Louck down road scaled Nepal Road scaled New baneshwor roda scaled Ratna park scaled Road scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७