चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा (पूर्ण पाठ सहित)


१४ बैशाख २०७७, आईतवार
maha pd adhikair 1

काठमाडौं, वैशाख १४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएकालाई चौथो त्रैमासको व्याजमा सहुलियत प्रदान गर्ने जनाएको छ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।

राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड-१९) बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाँडै लिइने बताएका छन् ।

यसअघि राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने किस्ता सो समयमा बुझाएमा व्याजवापत १० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। तर लकडाउन लम्बिँदै गएपछि गभर्नर अधिकारीले असार मसान्तमा बुझाउनुपर्ने चौथो त्रैमासको ब्याजमा थप सहुलियत प्रदान गर्ने आशय वक्तव्यमा उल्लेख गरेका छन्।

जारी वक्तव्यमा भनिएको छ ‘साना तथा मझौला उद्योग, पर्यटन र कोभिड १९ को प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ।’

६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार वृद्धि गर्दै लैजाने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ। यसअघि राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने बैंकको मासिक वा त्रैमासिक किस्ता असार मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरेको थियो। वक्तव्यले सो समयावधि पनि थप्न सक्ने संकेत गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा वैशाख ११ गतेसम्म अनिवार्य नगद मौज्दात बाहेक ४५ अर्ब ७८ करोड अधिक तरलता रहेको जनाएको छ।

गभर्नरले जारी गरेको वक्तव्य (पूर्ण पाठ सहित)

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७