भिडियाे : लकडाउन ३८ दिन, काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने बढ्दाे


१८ बैशाख २०७७, बिहीबार
Lockdown 38 day.00 04 07 15.Still001

काठमाडौं, १८ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ ।

सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् ।

सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ ।

सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् ।

सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७