ललितपुर महानगर वडा न. १४ का ९४ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण


१८ बैशाख २०७७, बिहीबार
rahat bitaran scaled

ललितपुर, १८ बैशाख । सरकारले चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी(लकडाउन)को कारण समस्यामा रहेका ललितपुर महानगरपालिको वडा नं १४ का ९४ विपन्न तथा मजदुर घरपरिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीसँगै लकडाउनका कारण विभिन्न स्थानबाट काठमाडौंमा आएर मजदुरी गरेर परिवार चलाइरहेका ९४ विपन्न तथा मजदुर घरपरिवारलाई वडाकै ढोलाहिटी, नखिपोट तथा साम्पाङ चौकका स्थानीयबासी, अग्रज तथा युवाहरुको समुहले राहत संकलन राहत वितरण गरेका हुन् ।

उनीहरुले वडा न १४ का वडा अध्यक्ष रामबाबू महत र साम्पाङ चोक प्रहरी बिटको सहकार्यमा राहत वितरण गरेका हुन् । प्रत्येक परिवारलाई परिवार संख्याका आधारमा २०-२५ केजिको दरले चामल, एक लिटर तेल, दुई केजि दाल, एक पाकेट नुन र चाउचाउ जस्ता खाद्यान्न बितरण गरेको समुहका एक सदस्य इनुमा राईले बताइन् ।


राहत बितरण गर्दा राहत लिन आउने र दिनेलाई अनिवार्य हात धुन लगाई मास्क, स्यानिटाइजर प्रयोग गरि दुई मिटरको दुरि कायम गरेर बितरण राहत बितरण गरिएको थियो ।


उनका अनुसार मजदुर वस्ती गएर बुुझदा लकडाउनसँगै कामबिहिन भएपछि रोगले भन्दा भोकले गाह्रो पर्ने थालेको अवस्था देखिएपछि राहत वितरण गरिएको बताईन् ।


‘हामी ती वस्तीहरुमा जाँदा, बैनी रोगले भन्दा भोकले मरिने डर भयो । बरु एक दुई बोरा चामल किनेर सापट दिनु भए धन्य हुने थियो । काम थालेसी परेको पैसा तिर्छु ।’ रामेछाप घर भइ हाल नखिपोट लुहाचोक बस्ने रिक्सा चालक इन्द्रलाल तामाङको भनाई उदृत गर्दे उनले भनिन्,‘ यस्तो अवस्था देखेपछि कोहि भोकै नहोस भन्ने ध्येयले ललितपुरमा बस्दै आएका विपन्न तथा मजदुर परिवार घर संख्या अवलोकन गरि नामावली टिपेर सहयोग गर्नैपर्ने स्थितीका मजदुर परिवारलाई खाद्यान्न राहत दिने उद्देश्यले बुइपा खोटाङ घर भई नखिपोट ललितपुर निवासी युवा सुनिल राई र सिन्धुपाल्चोक घर भई साम्पाङचोक ललितपुर निवासी युवा समीर तामाङको संयोजकमा आर्थिक रकम एक लाख ७६ हजार संकलन गरि राहत वितरण गरियो ।’

आर्थिक सहयोग जितेन्द्र राई, गणेश राई, बिमला राई, ऋखिस्वर राई, राम राई , गोपाल राई जीवन राई, केदार राई लगायत नखिपोट, साम्पाङचोक तथा ढोलाहिटी ललितपुर बस्दै आएका भोजपुर तथा खोटाङका व्यक्तिहरु गरेको उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७