सिटिजन्स बैंकद्वारा प्रहरी कार्यालय मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण


२५ बैशाख २०७७, बिहीबार
citizen bank3 1U2F3VdGfy

काठमाडौं, २५ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्सा स्थित विर्ता वडा प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाइजर प्रदान गरेको हो ।


कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाखत तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ५ लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।

आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७