विश्वका साढे १८ लाख कोरोना संक्रमित निको, हालसम्म तीन लाख १६ हजार बढीको मृत्यु

अमेरिकामा अब कोरोना संक्रमण दर ह्वात्तै घट्ने भन्दै ट्रम्पले गरे खुशी व्यक्त


५ जेष्ठ २०७७, सोमबार
42207429900d4912990a6b9f42f67e4a 42207429900d4912990a6b9f42f67e4a 325a0f436cff4c6eb6f323c913f4e7e2

काठमाडौं, ५ जेठ । विश्वका साढे १८ लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म विश्वका १८ लाख ५५ हजार बढी संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । हालसम्म विश्वका ४७ लाख ९८ हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । विश्वभरका संक्रमितमध्ये हालसम्म तीन लाख १६ हजार ५१४ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित देश अमेरिकामा तीन लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

रुसमा ६७ हजार ३७३ जनाको निको भएका छन् भने दुई लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् । यस्तै ६७ हजार ३७३ संक्रमित उपचार पछि निको भएका छन् । रुसमा दुई हजार ६३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै संक्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा दुई लाख ४३ हजार ६९५ जनामा संक्रमण भएको छ भने ३४ हजार ६३६ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा दुई लाख ४१ हजार भन्दा धेरै संक्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

अमेरिकामा अब कोरोना संक्रमण दर ह्वात्तै घट्ने भन्दै ट्रम्पले गरे खुशी व्यक्त
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो देशमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै घट्ने दाबी गरेका छन् ।

केही अपवादलाई छाडेर यो निकै खुशीको खबर भएको भन्दै ट्रम्पले ट्वीट गरेका छन् । तर उनले अमेरिकामा किन र कसरी कोरोना भाइरसको संक्रमण दर घट्छ भन्नेबारे केही खुलाएका छैनन् ।

t

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७