नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता


५ जेष्ठ २०७७, सोमबार
dibesh

काठमाडौं, ५ जेठ । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) प्रख्यात अमेरिकन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता बन्न सफल भएका छन् ।

प्रतियोगितामा जस्ट साम विजेता बनेकी छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला गरिएको थियो । फाइनल राउण्डमा प्रत्यके प्रतिष्पर्धीलाई दुई वटा गीत गाउन लगाइएको थियो ।

एक घण्टासम्म खुल्ला गरिएको भोटिङमा पाएको भोटका आधारमा उनी उपविजेता बन्न् सफल भएका हुन् । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुती दिंदै आएका थिए ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए ।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका शिलशिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।
थप विवरण आउन बाँकी…

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७