झापामा थप १७ जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो


१४ जेष्ठ २०७७, बुधबार
korona 1

काठमाडौं, १४ जेठ । झापामा एकैपल्ट थप १७ जनालाई कोरोना संक्रमण फेला परेको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका दुई जना रहेका छन् ।

प्रदेश–१ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । आज (बुधबार) चार जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७