बेलझुण्डीका आठ संक्रमितको स्वाब रिपोर्ट नेगेटिभ


१४ जेष्ठ २०७७, बुधबार
korona 6

दाङ, १४ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

१६्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

पहिलो एक हप्तामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गरिने जनाइएको छ । उनका अनुसार अन्य आठ जनाको रिपोर्ट भने पोजेटिभ नै आएको छ ।

अहिले अस्पतालमा बाँकेका आठ, कपिलवस्तुका ६, दाङका तीन, बर्दियाका पाँच र रुपन्देहीका तीन गरी २५ सङ्क्रमितलाई राखेर उपचार गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७