प्रदेश-२ मा आजै भेटिए ८२ कोरोना संक्रमित, सर्लाहीका मात्रै ३८ जना


१९ जेष्ठ २०७७, सोमबार
Pradesh 2

काठमाडौं, १९ जेठ । प्रदेश–२ मा आज (सोमबार) मात्रै थप ८२ जनामा कोरोना संक्रमण फेला परेको छ ।

आज फेला परेका ८२ संक्रमितमध्ये सर्लाहीका मात्रै ३८ जना छन् । यस्तै रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरीका २ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणबाट आज थप ८२ जनामा कोरोना संक्रमण पोजिटिभ फेला परेको प्रदेश–२ को प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७