धारिलो हतियार प्रहार गरी एकको हत्या, बारीमा भेटियो शव


२१ जेष्ठ २०७७, बुधबार
child death 1

कपिलवस्तु, २१ जेठ । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ ।

हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए ।

हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । आज बिहान शवको मुचुल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७