राष्ट्रियसभाको अध्यक्षमा बादलको सम्भावना


१० माघ २०७४, बुधबार
Rambahadur Thapa Badal

 

काठमाडौं ९, माघ :  अन्ततः माओवादी वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले वामबर्चस्वको राष्ट्रियसभालाई अध्यक्षता गर्ने गरी संभावना बढेको छ । मंसिरको निर्वाचनमा न प्रत्यक्ष, न समानुपातिक, कतै पनि उम्मेदवार नबनेका उनी वामगठबन्धनकै साझा उम्मेदवारको रुपमा प्रदेश– ३ का लागि हेटौँडामा हुने नोमिनेशनमा सहभागी हुँदैछन् ।

Rambahadur Thapa Badal

राष्ट्रपति र प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पद एमालेको भागमा परेपछि राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको सभामुख, गृहमन्त्रीजस्ता पद माओवादीमा जाने हिसाब किताब छ । पार्टी एकता संयोजन समितिको बैठकमा आइतबार माओवादी पक्षबाट बादललाई खुला पुरुषतर्फ राष्ट्रियसभा सदस्य उम्मेदवारका रुपमा प्रस्ताव भएको थियो । त्यो क्याटागोरीका ३ सदस्यमध्ये वामगठबन्धनले २ जित्ने पक्का छ । जित्ने दुईमध्ये एक माओवादीबाट बादल नै हुने, अर्को एकमा एमालेबाट भरतपुर महानगरको मेयरमा पराजित गराइएका देवी ज्ञवाली वा पोलिट्व्युरो सदस्य बेदुराम भुषालको कुरा चलेको छ ।

ललितपुर– ३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादीकी पम्फा भुषाललाई छोडेको जिकिरसहित एमाले नेता रघुजी पन्तले राष्ट्रियसभा दावी गरेका छन् । बेदुरामले लामो राजनीतिक यात्राका क्रममा सरकारी सुविधा खासै नलिएको भन्दै आफ्नो दावी पेश गरेको बताइन्छ । आनन्द पोखरेलहरुको पनि दावी छ, तर उनीहरु धेरै पर छन् । बाँकी आठमा महिला ३, एक–एक दलित, अपाङ्ग उम्मेदवार हुन्छन् । यीमध्ये कुनै एउटा सदस्य एकल संक्रमणीय मतका आधारमा कांग्रेसले जित्ने सम्भावना देखिँदैछ । माओवादीले प्रदेश २ मा जित्ने निश्चित खुला पुरुषतर्फको उम्मेदवारी दावी गरेको छ । यसबापत महिला एमालेलाई प्रस्ताव छ । अध्यक्ष केपी ओलीले सप्तरीका सुमन प्याकुरेलको नाम लिएका गरेका छन् ।

वाम गठबन्धनबीच, राष्ट्रियसभामा २९÷१४ को अनुपातसहित सीट बाँडफाँड भएको छ । ६ नं. प्रदेशमा चार–चारका हिसाबले माओवादीबाट सीट माग भए पनि अन्तिममा पाँच एमाले र तीन माओवादीले लिने सहमति भएको छ । माओवादीले जित्ने तीनवटै ठाउँमा आफ्नो स्थान सुरक्षित गरिएको छ । ६ नंं प्रदेशमा एमालेले जित्ने सम्भावना भनेको तीनवटा हो । माओवादीको बढी भोट भएको प्रदेश हो त्यो । १५ सय मत माओवादीको छ भने एमालेको २१ सय । त्यसमा पनि डोल्पाबाट स्वतन्त्र उठेर जितेका गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरु एमालेमा फर्किसकेका जनआस्था साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७