डब्ल्यूएचओको चेतावनी : विश्वमा कोरोना महामारीको दोस्रो लहर शुरु भयो

चीनमा भेटिन थाले नयाँ संक्रमित


३१ जेष्ठ २०७७, शनिबार
71ae95adecef4dd8bd0230a749dfa30e 894883011637462c877c981e770934fa 0d36235cc95541c09b1038b7f00dc346

काठमाडौं । विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तित छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कार्यकारी निर्देशक डा. माइकल रायनले विश्व अहिले महामारीको पहिलो लहरसंग जुधिरहेको भन्दै यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताएका छन् ।

केही मुलुकमा अब संक्रमणका नयाँ मामिला आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भन्न सकिने उनको भनाई छ । डा. रायनले भाररसमाथि केही नियन्त्रण पाए पनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा जोड दिए ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानम गिब्रिएसुसले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै अति संवेदनशील यो भाइरसको दोस्रो लहरले आक्रमण गर्ने सम्भावना रहेको बताए ।

यता चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ । वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ ।

दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ । अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीब्र बनेपछि अस्पतालका बेडहरु भरिन थालेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७