भारतमा एकै २० हजारमा कोरोना संक्रमण, ६ सय बढीको मृत्यु


१४ असार २०७७, आईतवार
korona india

काठमाडौं, १४ असार । छिमेकी देश भारतका कोरोना (कोभिड–१९) भाइरस संक्रमणले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ ।

कोरोना संक्रमणका कारण भारतमा एकै दिन अहिलेसम्मकै धेरै २० हजार संक्रमित भएका छन् । यस्तै एकै दिन ६ सय बढीको ज्यान गएको छ । हिजो (शनिबार) भारतमा ६१९ जनाले कोरोनाका कारण ज्यान गुमाको वर्ल्डओमिटरले जनाएको छ । आज (आइतबार) बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ हजार ३०८ पुगेको छ ।

शनिबार एकै दिन त्यहाँ २० हजार १३१ जना संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पाँच लाख २९ हजार पाँच सय ७७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार १४६ जना उपचारपछि निको भएका छन् । दुई लाख तीन हजार ३२८ जना उपचारका क्रममा छन् । उपचारका क्रममा रहेकामध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७