सीमा क्षेत्रमा थपिंदै सशस्त्रको ८९ बीओपी, कहाँ–कहाँ थपिँदै ? (सूचीसहित)


१४ असार २०७७, आईतवार
jhulaghat bop

काठमाडौं, १४ असार । सरकारले सीमा क्षेत्रमा सुरक्षा संयन्त्र मजवुत बनाउँदै लगेको छ ।
सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति थप बढाउँदै लगेको छ ।

सीमानामा नेपालको उपस्थिति कमजोर भएका कारण भूमि मिचेने क्रम नरोकिएको गुनासो बढिरहेका बेला गृह मन्त्रालयले बोर्डर आउट पोष्टको संख्या ५ सय पुर्‍याउने तयारी अगाडि बढाएको छ । गृह मन्त्रालय श्रोतका अनुसार ८९ वटा बीओपी थप्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

सरकारले बीओपीको संख्या थप्नेसँगै स्तरोन्नतीको काम पनि गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै २१ वटा बीओपीको स्तरोन्नती भएको गृह मन्त्रालयले तथ्यांक छ । हाल भारत र चीन तर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन् ।

तर सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार भारततर्फ २१ र चीन तर्फका सीमानामा ४ वटा बीओपी स्थापना भइसकेका छन् । बाँकी रहेका ८९ बीओपी स्थापना गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको गृह मन्त्रालयले जानकारी गराएको छ। यो सँगै भारत र चीनका सीमानामा २२२ वटा बीओपी रहने छन् ।

गृहमन्त्री रामबहादुर थापाले ५०० बीओपी पुर्‍याउने र त्यसका लागि आवश्यक जनशक्तिको प्रस्ताव तयार पार्न सशस्त्रलाइ निर्देशन दिएका थिए ।

स्थापनाको तयारीमा प्रदेश १ का सीमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा दुई वटा स्थापना हुने भएका छन् । यस्तै प्रदेश ५ मा ३६ वटा र सूदुरपश्चिम प्रदेशका सीमानामा १३ वटा बीओपी रहने छन् । अहिले सशस्त्रको आधाभन्दा बढी जनशक्ति सीमानामा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
हेर्नुस् कहाँ कहाँ थपिंदैछन् विओपी ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७