चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप


१५ असार २०७७, सोमबार
07 Blog Vaccines L

काठमाडौं, १५ असार । चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ ।
चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ । यो दोस्रो खोप हो ।

सीएनबीजीले खोप विकास गरेको जानकारी चिनियाँ सामाजिक सन्जाल विच्याटबाट पनि दिएको छ । १ हजार १२० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ ।

रोयटर्सका अनुसार अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ ।

दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७