साफ च्याम्पियनसिप अर्को वर्ष


१६ असार २०७७, मंगलवार
saff

काठमाडौं, १६ असार । बङ्गलादेशमा हुने भनिएको १३ औं संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

१२ औं साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । १२ औं साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७