ललितपुरमा हिरासतभित्रै आत्महत्या


१७ असार २०७७, बुधबार
child death 1

ललितपुर, १७ असार । प्रहरी परिसर ललितपुरमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् ।

सिराहको औराहीका दुर्गेस यादवले बुधबार बिहान आत्महत्या गरेका हुन् । उनी जबरजस्ती करणीको मुद्दामा पक्राउ परेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो । उनले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेका एसएसपी राईले जानकारी दिए ।

बाथरुममा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो । अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७