राष्ट्रपति भेट्न प्रचण्ड पनि पुगे शीतलनिवास


१८ असार २०७७, बिहीबार
Shital Nivas president office

काठमाडैं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटारबाट शीतल निवास पुगेका छन् ।

बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न गएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

prachanda

बालुवाटार शीर्ष नेताहरुको बैठकको बीचमै उठेका प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको एक नेताले बताए । राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डले के विषयमा भेट्न खोजेका हुन् भन्ने विषयमा भने केही खुलाइएको छैन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको हो ।

मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७