काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु, मृत्तकको संख्या ३२


१९ असार २०७७, शुक्रबार
korona death

काठमाडौं, १९ असार । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार ती वृद्ध छाती दुखेको र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७