आज संक्रमण पुष्टि भएका २३२ मध्ये कुन जिल्लाका कति ?


२० असार २०७७, शनिबार
korona 1

काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । यसअघि हिजो (शुक्रबार) एकै दिन ७४० संक्रमित भेटिएका थिए ।

आज कोरोना पुष्टि भएका २३२ जनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कोशी अस्पताल प्रयोगशाला विराटनगरमा इलाम र झापाका १–१ र मोरङका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा कोरोना पाइएको छ ।
गत २० घण्टामा गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिरहाका १५ जनामा कोरोना भेटिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ६ र नवलपरासी पूर्वका ७, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङ र म्याग्दीका ३–३ र स्याङजा र तनँहुका १–१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्यूठानका २, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५ र रोल्पाका २, दैलेख प्रयोगशालामा दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
सबैभन्दा धेरै संक्रमित प्रदेश–२ मा भेटिएका छन् । सबैभन्दा कम बागमती प्रदेशमा भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमतिमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३, प्रदेश ५ मा ९ सय ४२, कर्णालीमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७