मदिरा र नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार


२१ असार २०७७, आईतवार
Rape for nayapage

काठमाडौं, २१ असार । एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शुरुमा मदिरा खुवाएर पछि नशालु पदार्थ समेत खुवाएर आफूमाथि सामुहिक बलात्कार गरिएको महिलाको उजुरीका आधारमा प्रहरीले गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई पक्राउ गरेको हो ।

पीडित महिलाले खबर गरे लगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले जानकारी दिएका छन् । पसल सञ्चालन गर्ने महिलाले सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थ समेत खुवाएर दुई जनाले आफूमाथि करणी गरेको बताएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७