कपनमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय गुरुङ पक्राउ


२१ असार २०७७, आईतवार
Rape for nayapage

काठमाडौं, २१ असार । बुढानीलकण्ठ नगरपालिका–११, कपनमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वेदबहादुर गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङविरुद्ध मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरमा म्याद थपेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको छ ।

पीडित १४ वर्षीया बालिकाका अनुसार गए राति घर पुर्‍याई दिन्छु भनेर गुरुङले बालिकालाई लगेका थिए । तर राति बुबा–आमाले ढोका नखोलेपछि उनले आफ्नै घरमा बस्न भनेका थिए । घरमा लगेर उनले जबरजस्ती करणी गरेको आरोप बालिकाको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७