गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ सय नाघ्यो


२२ असार २०७७, सोमबार
pokhara

पोखरा, २२ असार । गण्डकी प्रदेशमा आज (सोमबार) थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमित संख्या १,११३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षीय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेंशीसहरका ३ पुरुष, सुन्दर बजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित गरी ११ संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित छन् ।

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । १३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन् । गण्डकीमा हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या २७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७