राष्ट्रिय सभा चुनावको नमूना मतपत्र सार्वजनिक, चार प्रकारका उम्मेद्वारलाई ८ मतपत्र


१५ माघ २०७४, सोमबार
Election ayoge 1

काठमाण्डौं, १५ माघ : राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन गरी प्रत्येक प्रदेशबाट ८–८ जना निर्वाचित हुन्छन् । ५९ जना सदस्य रहने राष्ट्रियसभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।Election ayoge 1 1

यस्तो छ नमूना मतपत्र
–अन्य सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र ।
–अन्य सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने मतपत्र ।
–अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र ।
–अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने मतपत्र ।
–दलित सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र ।
–दलित सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने मतपत्र ।
–महिला सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र ।
–महिला सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने मतपत्र ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७