देशकै प्रमुख व्यापारिक नाकाको राजश्व संकलनमा क्रमिक सुधार {अडियो रिपोर्ट}


२७ असार २०७७, शनिबार
birganja bhansar naka

पर्सा, २६ असार ।
देशकै प्रमुख व्यपारिक नाका वीरगन्जको राजश्व संकलनमा क्रमिक सुधार देखिएको छ । बन्दाबन्दीको कारण प्रभावित भएको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन आयात वृद्धीसँगै विस्तारै उकालो लाग्न थालेको हो ।

बन्दाबन्दीका बीच बैशाख महिनामा दैनिक रु १५ करोड राजश्व संकलन भएको तुलनामा जेठ महिनामा प्रति दिन रु २२ करोडा भन्दा बढी राजश्व संकलन भएको छ ।

बैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले रु चार अर्ब ६४ करोड ६१ लाख संकलन गरेको तुलनामा जेठ महिनामा कार्यालयले रु सात अर्ब पाँच करोड अर्थात दुई अर्ब ४० करोड बढी राजश्व संकलन गरेको भन्सारले जनाएको छ ।

सुन्नुहाेस् बिजयकुमार महतोकाे अडियो रिपोर्ट 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७