आफूले गाडी नपाएको भन्दै उपमेयरले च्यातिन् वैठकको माइन्युट


१५ माघ २०७४, सोमबार
Meena yadav

जनकपुर, १५ माघ : कार्यालयले आफूलाई गाडीको व्यवस्था नगरेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर बैठकको महत्वपूर्ण माइन्युट च्याती दिएकी छिन् । उपमेयरले नै माइन्युट च्यातेपछि बैठक स्थगित भएको नगरपालिका कार्यालयले जनाएको छ ।Meena yadav

बैठकको प्रस्तावमा आफूलाई गाडी दिने सुविधा उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । नगरपालिकाको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि आक्रोशित उनले माइन्युट च्यातेर फालेकी हुन् । उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकारेकी छन् ।

धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनको आरोप छ । ‘मेरो अरु प्रस्ताव नभए गाडीको मात्रै भए पनि लेखिदिनुस्, म स्कुटी लिएर गाउँ–गाउँ कसरी जाने भनें । तर, मेयरले नगरसभा अगाडि केही पनि हुँदैन भन्नु भयो’–उनले भनिन्–‘त्यसैले सिग्नेचर गर्दिन भनेर च्यातिदिएँ ।’ उनले थपिन्–‘ मैले अनुगमनको काममा गाह«ो भयो, मलाई गाडी दिनुस् भन्दा छ महिनादेखि टार्दै आउनु भएको थियो । मैले वैठकमा १० बुंदा राखेको थिएँ, कुनै सुनुवाइ भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७